देशभरका अदालत जेठ २ गतेसम्म बन्द रहने
मेरोन्यूज
२०७९ वैशाख २९ गते २१:४५

काठमाडौं । देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको हो ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने जनाइएको छ ।
आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया