श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त
मेरोन्यूज
२०७९ वैशाख २९ गते २२:२२

काठमाडौँ । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।
श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।
बिहीबार उनलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया