स्थानीय तह निर्वाचन-२०७९ : कहाँ-कहाँ अवरुद्ध छ मतदान ?
मेरोन्यूज
२०७९ वैशाख ३० गते १३:१५

काठमाडौं । निर्वाचन आयोगले आज देशभर भइरहेको स्थानीय निर्वाचनमा अपरान्ह १२ बजेसम्म सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।
आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो ।
अवरुद्ध भएको मतदान कार्य सूचार गर्ने प्रयास भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आज देशका ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।
छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।
सम्बन्धित
















दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया