बिहीबार, चैत ७, २०८१

छायानाथ रारा नगरपालिकाका मतपेटिका संकलन हुँदै

मेरोन्यूज २०७९ वैशाख ३० गते २०:२०

मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएको हो । निर्वाचन सकिएसँगै मतपेटिका संकलन भइरहेको छ । १४ वडा रहेको नगरपालिकामा नजिकका मतदान केन्द्रका बुथबाट संकलन भइसकेका छन् ।

टाढा रहेका मतदान केन्द्रबाट ल्याउने क्रम जारी रहेको बताइएको छ । मतगणनाको लागि सबै मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यलाई अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

उनका अनुसार बाममा रहेको मतदान केन्द्रको मत पेटिका आइपुगेको छैन । जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ ।

प्रतिक्रिया