आइतबार, चैत १०, २०८१

बैतडीमा ६७ प्रतिशत मतदान

मेरोन्यूज २०७९ वैशाख ३१ गते ६:१५

बैतडी । स्थानीयतहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार जम्मा एक लाख ४० हजार २ सय एक मतदाता मध्ये ९९ हजार ८ सय ९६ जनाले मतदान गरेका हुन् ।

मतदान गर्नेमा महिला ५४ हजार ३ सय ९६ रहेका छन् भने, पुरुष ४५ हजार ५ सय रहेका छन् ।

जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानीयतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेकाछन् ।

डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ ।

यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतले जनाएका छन् ।
ब्खबतबच

प्रतिक्रिया