रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ७९२ मत गणनामा गर्दा कांग्रेसको अग्रता

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ । यहाँ काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार डा।राम प्रसाद बस्याले ६२ र जनता समाजबादी पार्टीका उम्मेदवार मातृका यादवले ५३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुख पदमा जनता समाजवादीका उम्मेदवारले १४४ मत पाएका छन् भने नेपाली कांग्रेस समर्थित गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले १२७ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ८६ मत पाएका छन् ।
उक्त वडाको वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले ४१६ मतका साथ अग्रता लिएका छन भने १६५ मतका साथ जनता समाजवादी पार्टीका उम्मेदवार दोस्रोमा छन् । नेकपा एमालेका उम्मेदवारले ४८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ४३ मत पाएका छन् । उनले अहिलेसम्म ७९२ मत गणना भएको छ

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया