ढोरपाटनमा सत्ता गठबन्धनले आक्रमणमा एमाले कार्यकर्ता घाईते

काठमाडौं । स्थानीय तहको निर्वाचनको क्रममा ढोरपाटन नगरपालिकामा मतदानपछि आफुहरुलाई सत्तारुढ गठबन्धनका दलका कार्यकर्ताले आक्रमण गरेको नेकपा एमालेले जनाएको छ ।
मतदान सकिएर मतपेटिका मतगणनास्थलमा पुर्याए लगत्तै एमालेबाट ढोरपाटनमा मेयरका उम्मेदवार देबकुमार नेपाली माथी गठबन्धनका केही कार्यकर्ताले आक्रमणको प्रयास गरेको तर कार्यकर्ताले उनलाइ जाेगाएका थिए ।
लगत्तै गठबन्धनका कार्यकर्ताहरुले एमालेका कार्यकर्ता भिम बहादुर बिकमाथि आक्रमण गरेका थिए । घाइते विकलाई होटल दरबारमा ल्याएर उपचारका लागि अस्पताल लैजान खोज्दा गठबन्धनका कार्यकर्ताहरुले होटेल घेरेर थप एमाले कार्यकर्ताहरुमाथि आक्रमण गरेको एमालेको आरोप छ ।
आक्रमण पश्चात नजिकै रहेको प्रहरीलाई खबर गर्दा समेत प्रहरी नआई एक घण्टापछि मात्रै घटनास्थलमा आइपुगको एमालेले जनाएको छ । आक्रमणबाट दरबार होटलमा समेत ठुलो क्षति पुगेको छ ।
गठबन्धनका कार्यकताले मेयरका उम्मेदवारको घरमा समेत तोडफोड गरेको मेयरका उम्मेदवार नेपालीका छोरा सन्तोष नेपालीले जानकरी दिए ।
प्रसो क्षेत्रको सुरक्षा कमाण्ड सम्हालेका प्रहरी निरीक्षक राजेशकुमार शर्मा अधिकारी भने घटना भएको एक दिन बित्दा समेत नजिकैको घटनास्थल निरीक्षणको लागि आएका छैनन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया