अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

वैशाख ३१ अछाम।अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानल विजयी भएकाे छ भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । साउदले ५ सय १९ मत पाएका छन् ।
सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।
यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए ।
अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिकामध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ । जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकालगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया