अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

वैशाख ३१ अछाम।अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानल विजयी भएकाे छ भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । साउदले ५ सय १९ मत पाएका छन् ।
सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।
यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए ।
अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिकामध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ । जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकालगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया