आमाछोदिङ्मो गाउँपालिका २ मा कांग्रेसको प्यानल विजयी
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २०:४३
रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २५७ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १९३ मत ल्याए । यस्तै, माओवादी केन्द्रका राम तामाङले १६५ मत ल्याएका छन् ।
आमाछोदिङ्मो गाउँपालिका २ को सदस्यमा दावा टासी तामाङ, सोनाम पेम्बा तामाङ, महिला सदस्यमा चेन्चेना तामाङ र दलित सदस्यमा दिलमाया विक विजयी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया