मंगलबार, चैत ५, २०८१

देउवाको गृह पालिकामा अध्यक्ष र उपाध्यक्ष कांग्रेस उम्मेदवार विजयी

मेरोन्यूज २०७९ वैशाख ३१ गते २०:५०

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस सभापतिसमेत रहेको देउवाका गृह पालिकामा अध्यक्ष इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी भएका हुन् । कार्कीले ३१८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले १७०३ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा कांग्रसकी ज्ञानु सेठीले ३०१३ मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले १७०३ मत पाएकी छन् ।

प्रतिक्रिया