शुक्रबार, चैत ८, २०८१

किन रोकियो भरतपुरको मत गणना ?

मेरोन्यूज २०७९ जेठ १ गते १५:४२

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिबीच विवाद हुँदा मत गणना रोकिएको हो ।

मत चिन्हभित्र पर्ने गरेर छाप लगाए पनि संकेत मधुरो देखिएकाले बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो । भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ ।

पछिल्लो परिणामअनुसार भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

प्रतिक्रिया