न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

१ जेठ । न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् । अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।
सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो । बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसले जनाएको छ ।









निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल
सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया