त्रिविले भन्यो – आइतबार सार्वजनिक बिदा दिदैनौं

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी गदैँ कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने जानकारी गराएको छ ।
शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो ।
‘विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहनेछन्,’जारी सुचनामा भनिएको छ ।

प्रतिक्रिया