एमालेका २८ वर्षीय युवा बने पालिका अध्यक्ष, कांग्रेसको गढ तोडियो
बुटवल । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर निर्वाचित भएका हुन् ।
बुलिङटारलाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यसअगाडिको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसण्हित वडाध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशी किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् ।
पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशांक कोइरालाको रुचीमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्याइएको थियो ।
अध्यक्ष पदमा सुनारीले चार हजार ५९ मत पाएका छन् भने बस्ताकोटीले तीन हजार ९०० मत पाए । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना चार हजार २३९ मत प्राप्त गर्दै विजयी भएकी छन् ।
















अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया