दुबै मिलानको उपाधि होड कायमै
मेरोन्यूज
२०७९ जेठ २ गते ७:१९

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष टोलीहरू एसी मिलान र इन्टर मिलानले सहज जित निकालेका छन् । घरेलु मैदानमा एसी मिलानले एट्लान्टालाई २-० ले पराजित गर्यो । एसी मिलानको जितमा राफायल लियो र थियो हर्नान्डेजले समान एक गोल गरे ।
जितसँगै मिलानले ३७ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ । एट्लान्टा ५९ अंक जोडेर आठौँ स्थानमा छ । अर्को खेलमा इन्टर मिलानले काग्लीअरीलाई ३-१ ले हरायो । इन्टरको जितमा लौटारो मार्टिनेजले दुई गोल गर्दा माथ्यो डार्मिअनले एक गोल गरे ।
जितसंगै समान खेलबाट ८१ अंक बनाएको इन्टर दोस्रो स्थानमा छ । काग्लिअरी २९ अंकसहित रेलिगेसन क्षेत्रमा छ । अब अन्तिम खेलमा एसी मिलानले जित निकाले स्वत् : सिरी ए लिग विजेता बन्नेछ । एसि मिलान पराजित भए इन्टरको सम्भावना रहन्छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया