१७ हजार मतगणना गर्दा बालेन स्थापितभन्दा ३,२४९ मतले अगाडि
मेरोन्यूज
२०७९ जेठ २ गते १३:२६

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १७ हजार मतगणना गर्दा बालेनले ६ हजार ८९३ मत पाएका छन् । भने नेकपा (एमाले)का उम्मदेवार केशव स्थापितले तीन हजार ६४४ मत प्राप्त गरेका छन् ।
उनी स्थापितभन्दा तीन हजार २४९ मतले अगाडि गएका हुन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले तीन हजार २०८ मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ ।
सम्बन्धित
प्रतिक्रिया