दुई दाजुभाइ पालिका अध्यक्षमा निर्वाचित, एक भाइ वडाध्यक्षमा विजयी

काठमाडौँ । जारी स्थानीय तहको निर्वाचनमा एकै परिवारका तीन दाजुभाइ विजयी भएका छन् । जसमा दुई दाजुभाइ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । एक भाइ भने वडाध्यक्षमा विजयी भएका हुन् ।
सर्वजनिक मत परिणामअनुसार धनकुटा र ओखलढुंगा जिल्लाबाट दुई दाजुभाइ नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
दाजु जीतेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जित हात पारेका हुन् ।
यस्तै, उनीहरूकै दाजु राजकुमार रुम्दाली मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । उनीहरू तीन जना आफ्नै दाजुभाइ हुन् ।
ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर एमालेका रुपलाल तामाङलाई हराएका हुन् । उनले पाँच हजार २१ मत ल्याउँदा एमालेका तामाङले तीन हजार ८१५ मत प्राप्त गरेका हुन् ।
यस्तै, गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले पाँच हजार ३९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखाले चार हजार ८२८ मत प्राप्त गरेका थिए ।
उनीहरूका पाँच दाजुभाइ रहेका छन् । उनीहरू सबै राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया