बालेनको हारजितमा २८ केजीको खसी बाजी राख्ने पक्राउ
मेरोन्यूज
२०७९ जेठ २ गते १७:२८

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्नेमा बाजी राख्ने दुई जना पक्राउ परेका छन् ।
खोटाङको दिक्तेलबाट उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र सोही वडाका विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन् ।
बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने कागजमा उल्लेख छ। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका थिए। उक्त कागज उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए ।
सम्बन्धित
















अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया