योगेश भट्टराईको गृहपालिकामा एमाले पराजित

काठमडाौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईको गृहपालिकामा एमाले पराजित भएको छ ।
ताप्लेजुङको मैवाखोलामा गठबन्धन दलहरू एमालेमाथि हाबी हुँदा योगेशकै घर भएको वडा पनि कांग्रेसले जितेको हो ।
मैवाखोलाका एमाले कार्यकर्ता अलोकप्रियलाई टिकट दिँदाको परिणाम भएको बताउँछन् । स्थानीय चुनावभन्दा धेरै अघिदेखि नै ताप्लेजुङमा केन्द्रीत भएका एमाले सचिव भट्टराई गृहपालिकामा पनि केन्द्रीत थिए। तर, उनको खटाइले गठबन्धनको घेरा चिर्न सकेन ।
मूल थातथलो ताप्लेजुङ भए पनि विद्यार्थी राजनीति गर्दा देखि नै काठमाडौंलाई कार्य क्षेत्र बनाएका भट्टराई संविधान सभाको दुइटा चुनाव हारेपछि २०७४ मा ताप्लेजुङ आएर संसदमा चुनिएका थिए । कुनैबेला अध्यक्ष केपी शर्मा ओली विरोधी खेमामा रहेका उनी पार्टी विभाजनताका माधव नेपालको साथ छाडेर एमालेमै रहेका थिए ।
मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । वनेमले २६०९ मत प्राप्त गरि विजयी बन्दा नेकपा एमालेका राजनकुमार थत्लुङले २०५२ मत प्राप्त गरे।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू विजयी भएकी छिन्। वडाध्यक्षमा १ मा माओवादीका चन्द्रकुमार तामाङ, २ मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र लिम्बू, ३ मा कांग्रेसका खगेन्द्र थक्लुङ, ४ मा कांग्रेसका फुर्बा शेर्पा, ५ मा माओवादीका केशर लिम्बू र ६ मा एमालेका राजुमान लिम्बू निर्वाचित भएका छन्।









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया