माओवादीलाई पराजित गर्दै साकेलाको अध्यक्षमा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २०:५४

खोटाङ । जिल्लाको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका रवि प्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् ।
रवि प्रकाशले एक हजार ८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन कुमार खड्काले एक हजार ७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, बिर्सिकाले दुई हजार १२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सरिता खड्काले एक हजार २२४ मत ल्याएका छन् ।
एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ र उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया