कर्मचारीले धाँधली गरेको भन्दै तिलोत्तमामा मत गणना स्थगित

बुटवल । मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद हुँदा तिलोत्तमा नगरपालिकाको मत गणना रोकिएको छ । कांग्रेसले मत गणनामा एमालेनिकट कर्मचारी धेरै रहेकाले कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ ।
अहिले मत गणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए । वडा नम्बर १६ र २ को मत गणना भइरहेकोमा मत संख्याबाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएको नेपाली कांग्रेसको आरोप छ ।
निर्वाचन कार्यालयले भने मत गणनाको मत संख्या गणक र दलका प्रतिनिधिबाट हस्ताक्षर गराएर मात्रै राख्ने गरिएको जनाएको छ ।
एमालेले भने नेपाली कांग्रेसले विगतमा जितेका वडामा पराजय हुने अवस्था देखिएपछि मत गणना बिथोलेर निर्वाचन जित्ने दाउमा रहेको जनाएको छ । ‘आफूहरूले निर्वाचन हार्दै जान थालेपछि गृह मन्त्रीको आडमा राज्य सत्ता र शक्तिको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न कांग्रेसले अनेक दाउ गरी रहेको छ,’ एमालेका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले भने ।
तिलोत्तमा नगरपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाँण गृह मन्त्रीका सहोदर भाइ हुन् । मत गणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत संख्यामा फरक पर्न गएकाले वास्तवित तथ्यांक हेरी गणनाअगाडि बढाउने समहति भएको निर्वाचन अधिकृत माधव लोहनीले बताए ।
‘मतगणना शुरु गर्ने सहमति भएको छ, केही बेरमा गणना शुरु हुन्छ,’ लोहनीले भने ।
















त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया