आइतबार, चैत १०, २०८१

नुवाकोटको ककनीमा फेरि माओवादी विजयी

मेरोन्यूज २०७९ जेठ ३ गते १७:२७

नुवाकोट । काठमाडौंसँग सीमा जोडिएको नुवाकोट जिल्लाको ककनी गाँउपालिका फेरि माओवादीले जितेको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष दुवै पदमा जितेको हो ।

माओवादीका सुमन तामाङले ४ हजार ९०९ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्दन्द्दी कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याएका थिए । एमालेका काशीराज अधिकारीले भने ३६१२ मत पाएका थिए ।

राप्रपाका तेज बहादुर लामाले ११०९ मत पाएका थिए ।

मओवादीका तामाङ माओवादी युद्धकालमा भारतमा प्रक्राउ परी जेल बसेका नेता हुन् । यस अगाडी त्यहाँ माओवादीका मानवहादुर तामाङ अध्यक्ष थिए । यसपटक उम्मेदवार छनौटमा समेत सुमनले मानवहादुरलाई आन्तरिक गाँउ पार्टी कमिटिको चुनावमै पराजित गरेर टिकट पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी मिठु माया लामा तामाङ विजयी भएकी छिन् । उनले ४१७४ मत पाएकी थिइन् । उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका प्रमिसा तामाङले ३८३० मत पाएकी थिइन् । एमालेकी लजिता लामा तामाङले ३७७१ म्त पाएकी थिइन् ।

यो पालिकामा कुनै पनि दलका वीचमा गठबन्धन भएको थिएन ।

आठ वटा वडा रहेको यो पालिकाको वडा नम्बर १ मा माओवादीका पदमवहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ मा कांग्रेसका तिलक वहादुर लामा, वडा नम्बर ३ मा माओवादीका घननाथ बजगाई, वडा नम्बर ४ मा एमालेका सोनाम लामा, वडा नम्बर ५ मा कांग्रेसका बुद्धराज लामा, वडा नम्बर ७ मा माओवादीका लक्ष्मण तामाङ, वडा नम्बर ७ मा कांग्रेसका रामकृष्ण तामाङ र वडा नम्बर ८ मा एमालेका शेषमान लामाले वडा अध्यक्ष जितेका थिए ।

प्रतिक्रिया