आइतबार, चैत १०, २०८१

मतान्तर बढाउँदै बालेन शाह, पछिपछि केशव र सिर्जना

मेरोन्यूज २०७९ जेठ ३ गते १७:३४

काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले ११ हजार ७७७ मत पाएका छन् ।

यस्तै, दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापितले ६ हजार ३२३ मत पाएका छन् । तेस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ५ हजार ५४८ मत ल्याएकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मत गणना भइरहेको छ । सबै वडामा बालेनले अगाडि रहेका छन् ।

प्रतिक्रिया