हैदरावादले मुम्बईलाई हरायो
मेरोन्यूज
२०७९ जेठ ४ गते ७:००

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलं) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ । मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । यस्तै, टिम डाभिडले ४६ रन जोडे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्यो ।
हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए । प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट१२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया