धरानमा लौरोलाई पछ्याउँदै ठूला राजनीतिक दल
मेरोन्यूज
२०७९ जेठ ६ गते १९:३५

सुनसरी । धरान उपमहानगरमा ६२ हजार मतमध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । जसमा अहिले पनि लौरो चुनाव चिह्न दिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्र स्थानमा छन् ।
उनले १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।
त्यस्तै ,एमालेकी मञ्जु भण्डारीको ९ हजार ११ मत रहेको छ । गठबन्धनभन्दा साङपाङ एक हजार ४५३ मतले अगाडि छन् । त्यस्तै, नेकपा एमालेभन्दा स्वतन्त्र उम्मेदवार तीन हजार ५२४ मतले अगाडि छन् ।
हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ मत परिणाम घोषणा भइसकेको छ । ११, १३ र १५ वडाको मतगणना भइरहेको छ ।
त्यस्तै, १६ र १७ नम्बर वडाको मत गणना हुन बाँकी छ । २० नम्बर वडाको भने मत गणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाँकी रहेको छ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया