स्थानीय तह निर्वाचन परिणाम
कर्णालीमा कांग्रेस बन्यो ठूलो दल, एमाले पहिलोबाट तेस्रोमा झर्यो
कांग्रेस ३२, माओवादी २३, एमाले १५, एकीकृत समाजवादी ४ र ५ पालिका प्रमुखमा स्वतन्त्र विजयी

काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कांग्रेस ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनको कर्णाली प्रदेशका सवै मत परिणाम सार्वजनिक भईसकेको छ । एमालेलाई कर्णालीमा सवैभन्दा बढी धक्का लागेको छ । एमाले विगतमा यो प्रदेशमा पहिलो दल थियो ।
तर निर्वाचन परिणाम पछि तेस्रो दलमा खुम्चिएको छ । कर्णालीमा कुल ७९ स्थानीय तह छन् । गाँउपालिका ५४ र नगरपालिका २५ गरी ७९ स्थानीय तह कर्णालीमा छन् । यसमध्ये कांग्रेसले ३२ वटा पालिकामा प्रमुख जितेको छ ।
दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २३ पालिका प्रमुख जितेको छ । एमालेले १५ वटा पालिका प्रमुख जितेको छ । ५ वटा पालिका स्वतन्त्र उम्मेदवारले जितेको छ । नेकपा एकीकृत समाजवादीले ४ पालिका प्रमुख जितेको छ ।
यस अगाडी २०७४ को स्थानीय तहमा एमाले पहिलो दल बनेको थियो । त्यसवेला उसले २७ पालिका प्रमुख जितेको थियो । माओवादी केन्द्र कांग्रेसले समान २५, २५ पालिका प्रमुख जितेर दोस्रो बनेको थियो । तर यसपटक एमाले २७ बाट झरेर १५ पालिका प्रमुख जित्ने दलको रुपमा झरेको हो । माओवादी केन्द्रले पनि विगतको भन्दा दुई पालिका कममा खुम्चेको छ । तर २५ पालिका विगतमा जितेको कांग्रेसले यो पटक थप ७ पालिका जितेर ३२ पालिका प्रमुख आफनो पोल्टामा पारेको छ ।
एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीले ४ पालिका प्रमुख जितेको छ । स्वतन्त्रले ५ पालिका प्रमुख जितेको छ । स्वतन्त्रले हुम्लाको चंखेली गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका जितेका हुन् । कर्णालीका ७९ मध्ये २० स्थानीय तहमा यसपटक सत्ता गठबन्धन दलले चुनावी तालमेल गरेर निर्वाचन लडेका थिए । गठबन्धनको फाइदा कांग्रेसले उठाएको छ । रुकमु पश्चिममा भने माओवादी विरुद्ध कांग्रेस एमालेले अलग्गै गठबन्धन पनि बनाएका थिए ।
पहिलोबाट तेस्रो झरेपछि एमाले भन्छ : गठबन्धनकै कारण हारियो
विगत चुनावमा २७ पालिका प्रमुख जितेको एमाले प्रदेशमा १५ पालिकामा खुम्चिएपछि गठबन्धनकै कारण खुम्चनुपरेको बताउँछ । एमालेको कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले मेरोन्यूजसँग गठबन्धनकै कारण एमाले पहिलो दलबाट तेस्रोमा झर्नुपरेको बताउँछन् ।
‘सबै शक्तिहरू एमालेविरुद्ध घेरावन्दी गरेर लाग्नुभयो, उहाँहरुले गठबन्धन गरेरै एमाले विरुद्ध लाग्नुभयो, एमालेलाई कमजोर बनाउने खेल भयो,’ प्रदेशका अध्यक्ष विनोद शाहले मेरोन्यूजसँग भने, ‘तर पनि एमाले कमजोर भएको छैन । सबै मिल्दा पनि यतिको जित निकाल्न सफल हुनु एउटा सफलता नै हो । त्यसमाथी पनि एमाले पराजित हुन परेको अधिकांश ठाउँमा एमालेका उम्मेदवार झिनो मतले मात्रै हारेका छन् ।’
एमालेले पार्टीमा भएको विभाजन र पार्टीभित्रको तिक्तता पनि एमालेले चुनावमा पराजय ब्यहोनुको अर्काे कारण भएको बताएको छ ।
‘पार्टीभित्रको तिक्तता पनि एमाले हार्नुको अर्को कारण हो, ‘पार्टीबाट एउटा हिस्सा अलग भएको छ, त्यो फुटले गर्दा पनि एमाले लाई पछि पार्न सानो हिस्सामै भएपनि भूमिका खेल्यो,’ प्रदेश अध्यक्ष शाहले भने ।
एमाले प्रदेश अध्यक्षका श्रीमति र माओवादी प्रदेश अध्यक्षका श्रीमान पनि हारे
कर्णाली प्रदेशमा एउटा रोचक परिणाम पनि देखा परेको छ । एमाले र माओवादीको कर्णाली प्रदेशका अध्यक्षका आफनै परिवारका सदस्यले पनि चुनावमा हार ब्यहोर्नु परेको छ । एमाले प्रदेश अध्यक्ष शाहले आफ्नै श्रीमति लाई र माओवादीका प्रदेश अध्यक्ष विमला केसीले आफ्नै श्रीमानलाई आ आफनो स्थानीय पालिकामा प्रम्ुख पदमा टिकट दिएर चुनाव लडाएका थिए ।
तर संयोग यस्तो बनेको छ, दुवै पार्टीका परिवारका सदस्यले चुनाव हारेका छन् । माओवादी केन्द्रका प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री विमला केसीका श्रीमान बसन्त शर्मा मुसीकोट नगरपालिका (रुकुम पश्चिम) को मेयर पदमा उठेका थिए । त्यहाँ माओवादी विरुद्ध कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका थिए । कांग्रेसका उम्मेदवारसँग केसीका श्रीमान बसन्त शर्मा १३ मत अन्तरले चुनाव हारे ।
उता एमाले प्रदेश अध्यक्ष शाहको श्रीमति लक्ष्मीदेवी शाह पनि गृहपालिका दैलेखको ठाँटीकाँध गाउँपालिकामा अध्यक्ष उम्मेदवार बनेकी थिइन् । कार्यकर्ताको चरम असन्तुष्टिका बीच अध्यक्ष शाहले आफनी श्रीमतीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिलाएका थिए । तर उनी पनि कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया