रावाबेँसीको केन्द्र हरमटार कायम गर्ने खोटाङका नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।
सुरुमा राज्य पुनर्सचंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । तर, पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो ।
अघिल्लो स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा नवनिर्वाचत गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको हो ।
हालको रावाबेँसी गाउँपालिका–२ खार्पामा रहेको केन्द्रलाई अघिल्लो स्थानीय सरकारले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटार सार्ने निर्णय लिएको थियो । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बसेको बैठकले गाउँपालिकाको केन्द्रको विषयमा निर्णय लिएको हो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पुःन गाउँपालिकाको केन्द्र सार्न सक्ने आशंका व्यक्त भइरहेको अवस्थामा यथास्थानमा पालिका राख्ने निर्णय गराएका हुन् ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया