भरतपुरमा एमालेका विजय ५ हजार मतले पछि, रेनुको मत कति ?

भरतपुर । स्थानीय तह निर्वाचनमा इमिसेन्टर नै बनेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । शनिबार विहान सम्मको मतगणनाको ताजा परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा निक्कै अगाडी बढेकी छिन् ।
भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेनुले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।
हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये रेनु दाहालले २७ हजार ७८ मत पाएकी छन्। उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन्। सुवेदीले २२०६० मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।
महानगरको वडानम्बर १३ को अन्तिम नतिजा आएको छ। यहाँ माओवादी केन्द्रका प्रकाश दवाडीले १५४७ मत पाएर विजयी भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई हराएका हुन्। आचार्यले १२४३ मत पाएका थिए।
यस्तै वडा नम्बर १४ मा नेपाली कांग्रेसका राजेन्द्र खाँखी विजयी भएका छन्। उनले १९११ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण गुरूङले १५७७ मत पाए।
यो सँगै २९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।
















President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया