रियल मड्रिड अन्तिम खेलमा रोकियो
मेरोन्यूज
२०७९ जेठ ७ गते ६:५३

काठमाडौं । ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग उपाधि विजेता रियल मड्रिडले शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो ।
कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्याउन सकेनन् । गेराथ बेल जसले रियल मड्रिड छोड्ने तयारी गरेका छन् । उनी खेलमा सहभागी भएनन् ।
खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो । यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन् । रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया