यी हुन् उपमहानगरको मेयर हाँक्ने प्रथम महिला

हेटौडा । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेकी छन् । निकटतम प्रतिस्पर्धी एवंम नेकपा एमालेका हेभीवेट उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै लामा हेटौंडाको पहिलो महिला मेयर निर्वाचित भएकी हुन् ।
यसअघि २०७४ मा नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी लामाले एमालेका पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी हुन् । लामाले २३ हजार ७५ र पौडेलले २० हजार नौ सय ८ मत ल्याएका छन् । मतको आधारमा तेस्रो भएका राप्रपाका दीपक सिंहले २० हजार ६ सय ३१ मत ल्याए । १९ वडाबाट ७३ हजार ४ सय १४ मतदान संख्या रहेको हेटौंडाको मतगणनाको क्रममा लामाले पहिलो र दोस्रो स्थान हासिल गर्दै पौडेललाई पछाडि पारिरहेकी थिइन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयर बनेका छन् ।
२०७४ को निर्वाचनबाट हेटौंडा–५ को वडा अध्यक्ष बनेका बानियाँ नेकपा एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६ सय ८७ मतान्तरले पराजित गर्दै उपमेयर निर्वाचित भएका हुन् । उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३, पौडेलले २३ हजार ९ सय ६ र तेस्रो स्थानमा रहेकी राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८४ मत ल्याए ।
एमालेको वलियो अखडाको रुपमा रहेको हेटौडा उपमहानगरमा लामाले एकीकृत समाजवादी पार्टीबाट जितेकी हुन् ।
को हुन् लामा ?

नामः मीनाकुमारी लामा
ठेगानाः हेटौँडा–१, चाइनाक्वाटर, मकवानपुर
पतिः सुनकुमार लामा
छोरा/छोरीः सुमित÷स्वेच्छा
पिता/माता : शुक्रबीर÷सीतादेवी लामा
जन्मः २०३३ पुस २७, हेटौँडा
शिक्षाः एसएलसीः त्रिभुवन मावि, हेटौँडा–११
स्नातकोत्तरः मकवानपुर बहुमुखी क्याम्पस (समाजशास्त्र)
हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्ज (एलएलबी)
सामाजिक क्षेत्रमा अनुभवः बालबालिकाको क्षेत्रमा १० वर्ष काम गरेको
राजनीतिक यात्राः २०४६ बाट
२०५२ : कोषाध्यक्ष, अनेरास्ववियू, मकवानपुर
२०७१ः उपसचिव, नेकपा एमाले मकवानपुर
२०७२ः केन्द्रीय सदस्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
उपाध्यक्ष, आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुर
२०७४ः उपमेयर, हेटौँडा उपमहानगरपालिका
२०७५ः उपसचिव, नेकपा मकवानपुर
२०७८ः उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी) मकवानपुर
भ्रमणः चीन, भारत र कोरिया

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया