६ उपमहानगरकाे मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ?

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आइतबार बिहानसम्म निर्वाचन आयोगले एक महानगरसहित ६ उपमहानगरको मत परिणाम सार्वजनिक गरेको छ ।
कूल ६ सय ९५ स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा जित हात पारेको छ । यस्तै, एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
अब पाँच महानगर र पाँच उपमहानगरसहित ५८ पालिकाको मत परिणाम आउन बाँकी छ । नतिजा आउन बाँकी पालिकामा समेत कांग्रेस सबैभन्दा धेरै स्थानमा अगाडि रहेको छ ।
एक मात्र महानगर विराटनगरको मत परिणाम आउँदा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मत परिणाम सार्वजनिक भएको उपमहानगरमा कांग्रेस र एमालेले २–२, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १–१ स्थानमा जितेको छ ।
कसको जित कहाँ ?
१. जितपुर सिमरा उपमहानगर
प्रमुखमा : राजन पौडेल (नेकपा माओवादी केन्द्र)
उपप्रमुख : भोलाप्रसाद अधिकारी (नेकपा एमाले)
२. कलैया उपमहानगर
प्रमुख : विनोदप्रसाद साह (नेकपा एमाले)
उपप्रमुख : रौशन परविन (नेकपा एमाले)
३. घोराही उपमहानगर
प्रमुख : नरुलाल चौधरी (नेकपा एमाले)
उपप्रमुख : हुमाकुमारी डिसी (नेकपा एमाले)
४. नेपालगञ्ज उपमहानगर
प्रमुख : प्रशान्त विष्ट (नेपाली कांग्रेस)
उपप्रमुख : कमरूद्दीन राई (जनता समाजवादी पार्टी)
५. हेटौँडा उपमहानगर
प्रमुख : मीना कुमारी लामा (नेकपा एकीकृत समाजवादी)
उपप्रमुख : राजेश बानिया (नेपाली कांग्रेस)
६. बुटवल उपमहानगर
प्रमुख : खेलराज पाण्डेय (नेपाली कांग्रेस)
उपप्रमुख : सावित्रादेवी अर्याल (नेकपा एमाले)
















रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया