शनिबार, पुष १९, २०८२

१० महिनामा भित्रियो ३६ अर्ब रुपैयाँको सुन

मेरोन्यूज २०७९ जेठ ८ गते १३:३८

काठमाडौं । नेपालमा सुन आयात उच्च गतिमा वृद्धि भएको छ । भन्सार विभागका अनुसार चालु आवको १० महिनामा मात्रै ३५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ ।

उक्त अवधिमा चार हजार ६३१ किलो सुन नेपाल आयात भएको हो । जुन गत वर्षको तुलनामा झण्डै १४ अर्ब रुपैयाँले बढी हो ।

गत आवको वैशाखसम्म २१ अर्ब २० करोड रुपैयाँको मात्रै सुन आयात भएको थियो । उक्त समयमा कूल ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो ।

गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो ।

अहिले वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयात गर्न पाउने कोटा तोकिएको छ ।

प्रतिक्रिया