एन्फा अध्यक्ष कर्मा छिरिङले भोलि शक्ति प्रदर्शन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् ।
शेर्पाले भोलि तीनकुने स्थित रोयल वैंक्वेटमा ११ बजे कार्यक्रम राखेका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ ।
जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस पटक अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
गत ४ जेठमा पंकज समूहले ललितपुरको एक होटेलमा आफ्नो शक्ति प्रदर्शन गरेको थियो । त्यही कार्यक्रम मार्फत नेम्बाङले उम्मेदवारी घोषणा दिए । यस्तै वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
पंकज पक्षमा यस पटक कर्मा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले देखिए । यस्तै तटस्थ रहेका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व उपाध्यक्ष सुनिल राणा समेत पंकज पक्षमा खुलेका छन् ।
यता, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का उपाध्यक्ष राजु हाँयजु, बाँसबारी क्लबका प्रेम थापा समेत पंकज समूहमा देखिएका छन् । पंकजको शक्ति प्रदर्शनमा ५५–६० मताधिकारको सहभागिता रहेको थियो ।
भोलि हुने शेर्पाको उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शनमा वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान श्रेष्ठ रहने छन् । यस्तै विज्ञानराज शर्माले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यस्तै भोलिको शक्ति प्रदर्शनमा तेस्रो धार देखिएका महासचिव इन्द्रमान तुलाधरसमेत कर्मा पक्षमा देखिने सम्भावना छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया