भरतपुरमा साढे ११ हजार मत गन्न बाँकी, रेनु र विजयको मतान्तर ११ हजार नाघ्यो

चितवन । भरतपुर महानगरमा अब चार वटा वडाको मात्रै मत गन्न बाँकी रहेको छ । महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ ।
भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ । अब साढे ११ हजार मत मात्रै गन्न बाँकी रहेको छ । गणना सकिएका वडामा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार अग्र स्थानमा रहेका छन् ।
महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग ११ हजार ३८९ मत अन्तरले अग्रता कायम राखेकी छन् । दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत प्राप्त गरेकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मत प्राप्त गरेकी छन् । मंगलबार बिहानसम्म मत गणनाको नतिजा सार्वजनिक हुने भएको छ ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
प्रतिक्रिया