बिहीबार, वैशाख १०, २०८३

रुसी राष्ट्रपति पुटिनको असफल हत्या प्रयास

मेरोन्यूज २०७९ जेठ १० गते १४:२२

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले बताएका छन् । रुस–युक्रेन द्वन्द्व तीव्र भइरहेको र पुटिनको स्वास्थ्यलाई लिएर हल्ला फैलिरहेका बेला युक्रेनी अधिकारीको दाबी आएको हो ।

Advertisement
NiccNicc

युक्रेनको रक्षा गुप्तचर प्रमुख मेजर जनरल किरिलो बुडानोभका अनुसार ब्ल्याक सी र क्यास्पियन सीको बीचको क्षेत्र काकेशसमा उनको हत्याको ‘असफल’ प्रयास भएको थियो । रुसले युक्रेनमाथि २४ फेब्रुवरीमा हमला गरेपछि हत्या प्रयास भएको जनाइएको छ ।

‘पुटिनको हत्या गर्ने प्रयास भएको थियो, उनीमाथि काकेशसका प्रतिनिधिले पनि आक्रमण गरेका थिए, धेरै समय अघि होइन’, बुडानोभलाई उदृत गर्दै एक युक्रेनी सञ्चार माध्यमले जनाएको छ ।

उनले अगाडि थपे, ‘यो गैर सार्वजनिक जानकारी हो, यो एउट बिल्कुल असफल प्रयास थियो, तर यो साँच्चै भयो, करिब दुई महिनाअघि ।’ बुडानोभसँगको पूरा अन्तर्वार्ता मंगलबार प्रसारण हुने छ ।

पछिल्लो समयमा राष्ट«पति पुटिनको स्वास्थ अवस्थालाई लिएर अमेरिकी सञ्चार माध्यमले टिका टिप्पणी गर्दै आएका छन् । पुटिनलाई क्यान्सर र पार्किन्सन भएको हुन सक्ने ती सञ्चार माध्यमले अनुमान गरेका छन् ।

प्रतिक्रिया