१२ पालिकाको मत गणना बाँकी, कस्ले कति पालिका जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचनको १२ पालिकामा अन्तिम मत परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
देशभर भएका ६ मध्ये ३ महानगरको मत गणना भइसकेको छ । विराटनगर, भरतपुर र वीरगञ्ज महानगरको मत परिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगञ्ज महानगरमा राजेशमान सिंह विजयी भएका छन् ।
काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगर, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही पालिकामा मत गणना जारी रहेको आयोगले जनाएको छ ।
काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र तुलसीपुर उपमहानगरमा नेकपा एमालेका टिकाराम खड्का अगाडि रहेका छन् ।
नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा कांग्रेस विजयी भएको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्र २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।
कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया