एमालेले आफ्नै भोट सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो भए । उनले १४ हजार ७२८ मत ल्याए । गठबन्धनका सामु नेकपा एमाले दोस्रो भए ।
मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट कांग्रेसीबाट आउने भोट पौडेलले रोक्नु प्रमुख कारण भएको नेकपा एमालेको निष्कर्ष छ ।
तर, नेता पौडेलले भने आफूले एमालेको भोट नकाटेको बरु एमालेले आफ्नै मत सुरक्षित गर्न नसकेको बताउँछन् । उनले एमालेको २५ प्रतिशत मत पाँच दलीय गठबन्धनको उम्मेदवारलाई गएको बताए ।
एमालेले कांग्रेसले अघोषित रूपमा स्वतन्त्र उमेदवार उठाएर आफ्नो पक्षमा आउने मत काटेको आरोप लगाउँदै आएको विषयमा उनले भने, ‘मलाई सुरूमा माओवादीले हाम्रो मत काट्नलाई उठे भने, अहिले होइन भनिरहेका छन्, आफूले पराजय भोग्नु पर्ने भएपछि एमालेले पनि त्यही आरोप मतिर तेर्साए, तर वास्तविकता त्यस्तो होइन, मलाई कसैले उठाएको होइन, म आफैँ उठेको हुँ ।’
आफूले एमालेको मत काटेको नभई एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको उनको भनाइ छ । ‘एमालेका २५ प्रतिशत मतदाताले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेका छन्,’ उनी भन्छन्, ‘त्यसैले एमालेले अरूलाई दोष दिने होइन कि आफ्नै पार्टीभित्र भित्री समीक्षा गर्नु पर्छ ।’
निर्वाचन हुनुपूर्व पौडेलको विषयमा धेरैले १० हजारदेखि २० हजारसम्मको मत ल्याउन सक्ने आंकलन गरेका थिए । कांग्रेस र पाँच दलीय गठबन्धनबाट असन्तुष्ट बनेका पौडेलको उम्मेदवारीले रेनु दाहालको मत काट्ने अड्कल गरे । कतिपयले भने दुवै उम्मेदवारको मत काट्ने अड्कल पनि गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तल्लो तहसम्म गठबन्धन नगर्दाको असर मेयरमा देखिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । ‘गठबन्धनबाट असन्तुष्ट पक्षले सूर्यमा मतदान गर्न सक्ने सम्भावना बलियो हुँदाहुँदै पनि वैकल्पिक चुनाव चिन्ह पाएपछि हामीलाई आउने मत पनि उता गयो,’ उनी भन्छन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया