पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई

पोखरा । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार धनराज आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतमप्रतिस्प्रधी थापाले ५२ हजार ८ सय १८ मत मात्रै पाए । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ५७ मत पाए भने स्वतन्त्र उम्मेद्वार गनेश पौडेलले २ हजार ९ सय ५१ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेद्वार मन्जुदेवी गुरुङ विजयी भइन् । उनले गठबन्धनबाट कांग्रेसकी उम्मे्दवार कोपीला रानाभाटलाई ३ हजार ३ सय १४ मत अन्तरले पराजीत गरेकी हुन् । गुरुङले ६० हजार ३ सय ७२ मत पाउँदा रानाभाटले ५७ हजार ५८ मत पाइन् । उपमेयरमै राप्रपाकी रन्जना सेनले ५ हजार ६ सय ८३ मत पाएकी छिन् ।
यसैबीच, मेयरमा प्रतिश्पर्धी कृष्ण थापाले विजयी उम्मेद्वार धनराज आचार्यलाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना सहित अविर लगाएर बधाई दिएका हुन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया