मंगलबार, माघ २०, २०८२

स्थानीय तह निवार्चनमा गठबन्धनले लोकतन्त्रको धज्जी उडायो :ओली

मेरोन्यूज २०७९ जेठ १२ गते ११:२७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निवार्चन अलोकतान्त्रिक रुपमा भएको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै  उनले कानुनी व्यवस्था नै दुई महिनाअघि नै निवार्चन सक्नुपर्ने हो तर गठबन्धनको सरकारले गलत अभ्यास गदै गएकोमा तर हाम्रो तिब्र दबाबका कारणले स्थानीय तहको निवार्चन सम्पन्न भएको उनले बताए । स्थानीय तहको निवार्चन रुकुममा भोट पाउँन मतदाताको हत्या गरिएको उनको आरोप छ ।
यता, ताप्लेजुङ, उदयपुर लगायत धेरै स्थानमा मतदाताको हत्या, अंगभग गराइएको उनले बताए । ‘ निवार्चन शान्त, स्वच्छ नहुदाँ, सत्ता कब्जा गरेको स्थानमा प्रहरी निरिह बनेर हेरे बसेको छ, उम्मेदवारको घरमा बम विस्पोट गरिएको छ, घर बम पड्काएर घर भत्काइएको छ के त्यसलाई निस्पक्ष भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।
उनलेभने,‘मतदानलाई आक्रन्त बनाउँने काम यो गठबन्धनको सरकारले गर्यो, लोकतन्त्रका लागि बलिदान दिने सबैलाई श्रद्धासुमन व्यक्त गराउँछु ।’

प्रतिक्रिया