देशभर संक्रिय कोरोना संक्रमित न्यून
मेरोन्यूज
२०७९ जेठ १२ गते १७:४५

काठमाडौँ । नेपालमा अहिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टाभित्र जम्मा २१ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
थप भएका कोरोना संक्रमणसहित नेपालमा अहिले संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ । यस्तै, आज थप १३ जना निको भएर घर फर्किएका छन् ।
योसहित कोरोना संक्रमणबाट निको हुनेको संख्या नौ लाख ७० हजार २४ रहेको छ । यो कूल संक्रमतिको निको हुने दरमध्ये ९८.८ प्रतिशत हो ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
यस्तै, अहिलेसम्म कोरोना भाइरसविरुद्ध चार करोड २७ लाख डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया