बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
सबै दल र स्वतन्त्र सांसदको समेत समर्थनमा कांग्रेस सांसद कमला पन्तद्धारा संकल्प प्रस्ताव दर्ता
मेरोन्यूज
२०७९ जेठ १३ गते १६:२३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद कमला पन्तले राष्ट्रिय सभामा बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेकी छिन् ।
सबै दल र स्वतन्त्र सांसदको समर्थनमा सांसद पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।
प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह (गरिमा), शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।
प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग पनि राखिएको छ ।
हेर्नुहोस प्रस्ताव

सम्बन्धित
















यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया