यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि

काठमाडौँ । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू. राइड्स प्रालि मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गरेको छ ।
कार्यक्रम आज चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू Yamaha FZ-S न्यू जेन: लिड द नेक्स्ट’ सार्वजनिक हुनेछ, जसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्नेछ ।
पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । यस वर्ष “एक्सचेन्ज कार्निभल” को अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ ।
आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन-द-स्पट मूल्यांकन गराउन सक्नेछन्, जसले बजार अनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ । सहज एक्सचेन्ज विकल्पहरूसँगै ग्राहकहरूले ब्राण्ड न्यू यामाहा पनि एकदम छिटो किन्न सक्नेछन् ।
ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकता मार्फत अन-द-स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् ।
खरिदकर्ताहरूले रु. ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन्, जसले यो समयलाई यामाहा दुईपाङ्ग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाएको छ। साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ ।
“यामाहा ब्लु फेस्ट इनोभेसन र नेपाली ग्राहकहरूसँगको हाम्रो सम्बन्धको उत्सव हो। यो ग्राहकहरूको लागि हाम्रो अपग्रेड गरिएको हाइ-टेक मोटरसाइकलको अनुभव लिने र यसलाई खरिद गरी नयाँ यात्राको सुरुवात गर्ने अवसर हो,” एम.ए.डब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने ।
खरिद अनुभवका अलावा ब्लु फेस्टले जोशले भरिएको मनोरञ्जन र सहभागिताको अनुभव पनि प्रदान गर्नेछ। सहभागीहरूले रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट गर्ने मौका पाउनुका साथै आकर्षक कस्प्ले प्रस्तुति पनि हेर्न पाउनेछन् ।
कार्यक्रम अवधिभर आकर्षक डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुनेछन् ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया