नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने
काठमाडौँ । मधेस प्रदेशको एकमात्र महानगर पर्सास्थित वीरगञ्जले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ । महानगरका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो ।
विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए । यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माइस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउनेसमेत निर्णय गरे ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया