सोमबार, चैत ३०, २०८२

मुस्ताङका सिडिओ भन्छन् : टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ

मेरोन्यूज २०७९ जेठ १५ गते १२:०२

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङस्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टी भएको छैन, भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ, स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’

जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

सम्पर्कविहीन जहाजमा को-को थिए (नामावालीसहित)

प्रतिक्रिया