नीति तथा कार्यक्रममा गृहमन्त्री खाणको क्रियाशीलता र प्राथमिकता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको पहलमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा विभिन्न दीर्घकालिन योजना समावेश भएका छन् । खाणको पहलमा नीति तथा कार्यक्रमको बुँदा नं ४३ मा सञ्चालनमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गर्ने कार्यक्रम समावेश भएको छ ।
विशेष आर्थिक क्षेत्रमा विधुत विस्तार, सवस्टेशन निर्माण र अहिले रहेको ५२ विगाह् जग्गालाई १०० विघाह् पु¥याउन बजेट समावेश गर्ने कार्यक्रम नीति तथा योजनामा समेटिएको छ ।
द्विपक्षीय व्यापार र पारवहनलाई सहज बनाउन भैरहवा र नेपालगञ्जको एकीकृत जाँचचौकी निर्माण शीघ्र सम्पन्न गर्ने योजना पनि नीति तथा कार्यक्रममा परेको छ ।
त्यस्तै गृहमन्त्री खाणको सक्रियतामा मुलुकका महत्वपूर्ण स्थानलाई जोड्ने राजमार्गको दूरीलाई घटाई छिटो पुग्ने बनाउन तीन स्थानमा सुरुङमार्ग निर्माण योजना सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् ।
उनको सक्रियतामा नीति तथा कार्यक्रमको बुँदा नं ६३ मा बुटवल र पाल्पा जोड्ने मार्गको सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न सुरु गर्ने योजना समावेश भएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमागको माझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणको पूर्वतयारी गर्ने विषय पनि समेटिएको छ ।
यता उनल वैदेशिक रोजगारीमा जाने कामदारहरूले सरकारबाट पाउनु पर्ने सेवा लिन राजधानी काठमाडौँ आउनु पर्ने समस्यालाई मध्यनजरगरी सेवाको विकेन्द्रीकरणका लागि पनि पहल कदमी लिएका छन् । उनकै सक्रियतामा नीति तथा कार्यक्रमको बुँदा नं १२२ मा भैरहवा र पोखरबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइनेछ भन्ने वाक्यांश उल्लेख भएको छ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रतिक्रिया