चक्रपथ बाहिर मेलम्चीको पाइपलाइन निर्माण गर्न १ अर्ब ९२ करोड

काठमाडौं। मेलम्ची खानेपानी चक्रपथ बाहिर वितरणका लागि पाइपलाइ विस्तार गर्न सरकारले १ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै दोस्रो चरणमा चक्रपथ बाहिर समेत मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताउँदै उक्त बजेट छुटााइएको बताएका हुन् ।
अहिले मेलम्ची खानेपानी काठमाडौंमा वितरण भइरहेको छ।
हाल दैनिक १७ करोड लिटर पानी वितण भइरहेको छ। बाढीले क्षति पुर्याएको र अझै जोखिम छ। सोही कारण मेलम्ची जलाधारको भौगोलिक अध्ययनको आधारमा भरपर्दो व्यवस्था मिलाइने उनको भनाई छ।
याङग्री र लार्के खोलाको पानी ल्याउने बजेटमा उल्लेख छ। त्यसै गरी मेलम्ची खानेपानी समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समित खारेज भएको छ। ती निकायबाट हुदै आएको काम खानेपानी तथा ढल निकास विभागले गर्नेछ।
काठमाडौंको विकल्पका रुपमा सिस्नेरी र ठोस्ने खोलाको सम्भाव्यता अध्ययन गरिने शर्माले बताए। उनका अनुसार अन्य वैकल्पिक नगरकोट, दक्षिणकाली, रामकोट र गोदावरी गरी काठमाडौंको चार दिशामा पानी पोखरीसहितको जलाधार क्षेत्र निर्माण गरिनेछ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया