मंगलबार, फागुन २६, २०८२

अब विधुत प्राधिकरणको सेयर सर्वसधारणलाई

मेरोन्यूज २०७९ जेठ १५ गते १८:१३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सेयर अव सर्वसधारणका लागि आउने भएको छ । सरकारले प्राधिकरणको सेयर जारी गर्ने भएको हो । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो घोषणा गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्री गर्ने भएको हो। प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले उल्लेख गरेका छन्। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरेको हो।

प्राधिकरणको करपछिको नाफा कुल ८ अर्ब रुपैयाँ छ। प्राधिकरणले विद्युत बिक्रीबाट ७१ अर्ब रूपैयाँ र अन्यबाट १० अर्ब रूपैयाँ गरी कुल ८१ अर्ब रूपैयाँ आम्दानी छ। यसमा सरकारको पूर्ण लगानी छ।

प्रतिक्रिया