चितवन १ घण्टामा पुग्न सक्ने गरी द्रूतमार्ग निर्माण गरिने

काठमाडौँ । सरकारले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्र चितवन १ घण्टामै पुग्ने गरी दुत मार्ग बनाउने भएको छ । गुणस्तरीय पूर्वाधार विकास गरी आर्थिक विकासको आधार तयार गर्न राष्ट्रिय र अन्तर प्रदेश मार्गलगायत रणनीतिक प्रकृतिका ठूला आयोजनाको क्षेत्रमा लगानी वृद्धि गर्ने निर्णय गदैं सरकारले चितवन पुग्न दुत्र मार्ग बनाउने घोषणा गरेको हो ।
संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनको यात्रा १ घण्टामा गर्नेगरी द्रुतमार्ग निर्माण गर्न लागिएको बताए ।
मन्त्री शर्माले चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रूतमार्ग पहिलो चरणमा निर्माण गरिने बताए ।
त्यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने अर्थमन्त्री शर्माले बताए । यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा छोटिने उनको भनाइ थियो ।
मिर्चैया-लुक्ला सगरमाथा द्रूतमार्गमा समेत निजी क्षेत्रको लगानी गर्ने प्रबन्ध मिलाइने उनले बताए ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया