सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक दिने घोषणा
सप्तरी । जिल्लाको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन् ।
आज पदभार ग्रहणपछि उनले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, शर्ट, जुत्ता र टाईसहितको पोसाक निःशुल्क प्रदान गर्ने बताए ।
पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यममा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोसाक निःशुल्क प्रदान गरिने उनले बताए । यसका लागि आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइने छ ।
नगरभरिका गर्भवतीका लागि भिडिओ एक्सरे सेवा पनि निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जानकारी दिए । उनका अनुसार भिडिओ एक्सरे मेसिन खरिद भइसकेको छ’ सो सेवा सुरु गर्नका लागि केही समय लाग्ने बताए ।
नगरपालिकाअन्तर्गत कार्यालयमा सिसी क्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय भएको जनाएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया