रुपन्देही जिसस गठनमा सत्ता गठबन्धन र एमाले दुवैको बहुमत नपुग्ने

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ पाँच दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीय तहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।
अन्य चार दलले कांग्रेसलाई साथ दिँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने देखिएको छ । चार जना उपप्रमुखसहित कांग्रेस एक्लैको १४ मत छ भने जनता समाजवादी पार्टीले एउटा गाउँपालिका प्रमुख जितेको छ ।
गठबन्धनका अन्य दलले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेनन् । जिल्ला समन्वय समिति गठनका लागि १७ जना चाहिन्छ । तर, गठबन्धनसँग मातभार १५ मात्रै छ ।
उता एक्लै निर्वाचन लडेको एमालेले रुपन्देहीका १६ पालिकामध्ये तीनवटामा प्रमुख र आठ वटामा उपप्रमुख गरी ११ वटामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारले कञ्चन गाउँपालिकाको उपप्रमुख जिते पनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै मानिन्छन् । नेकपा एकीकृत समाजवादीले कुनै पनि पालिकामा विजय हासिल गर्न सकेन ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको नेतृत्व लिएको थियो । यसपालि एमाले एक्लैको मतभार ११ छ । अब एमालेले ६ जनालाई मनाउन सके उसले समन्वय समितिको नेतृत्व हात पार्ने छ । जिल्ला समन्वय समिति गठनमा लोकतान्त्रिक समाजवादी पार्टी जनता प्रगतिशील र राप्रपा देखिएका छन् ।
लोसपाले एक जना प्रमुख र दुई उपप्रमुख जितेको छ भने जनता प्रगतिशीलले एक एक जना प्रमुख र उपप्रमुख जितेको छ । राप्रपाले पनि एउटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।
सत्ता गठबन्धन बाहिरका ती दलले एमालेलाई साथ दिने गरी छलफल अगाडि बढाएका छन् । भागबण्डा मिलेमा एमालेलाई नेतृत्व दिएर सहमति गरिने राप्रपाका नेता सागर प्रताप राणाले बताए ।


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया